२०८० मंसिर १८ गते | 4th of December 2023

दुई नम्बर प्रदेशका मुख्यमन्त्री कोरोना संक्रमित, दश दिनसम्म सूचना लुकाइयो

दुई नम्बर प्रदेशका मुख्यमन्त्री कोरोना संक्रमित, दश दिनसम्म सूचना लुकाइयो
Sanchar_np प्रकाशित: २०७७ कार्तिक १९ गते १३:४७

काठमाडौं। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री राउतलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
तर उनको सचिवालयले मुख्यमन्त्रीलाई कोरोना संक्रमण भएको विवरण लुकाएको आरोप लागेको छ। कात्तिक ८ गते मुख्यमन्त्री राउतलाई कोरोना संक्रमण पुष्टि भएपनि त्यसको दश दिनपछि कोरोना भएको सार्वजनिक भएका हो।
बुधबार प्रदेश दुईका उद्योय, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले अमुर्त भाषामा मुख्यमन्त्रीको स्वास्थ्य लाभको कामना गरेपछि मुख्यमन्त्री राउतलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको हो।
स्रोतका अनुसार मुख्यमन्त्री राउतले कात्तिक सात गते आफ्नो स्वाब दिएका थिए। आठ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट आएपछि मुख्यमन्त्री राउत मुख्यमन्त्री निवासमा आइशोलेशनमा बसेका छन्।
उनको अवस्था सामान्य रहेको छ। कोरोना संक्रमितले आफ्नो पहिचान वा संक्रमण भएको सार्वजनिक नगर्न पाउँछन्। तर सार्वनिक पद धारण गरेका व्यक्तिले नै आफूलाई कोरोना संक्रमण भएको भन्दै सामाजिक संजालमा मुख्यमन्त्री राउतको आलोचना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *