२०८० मंसिर १८ गते | 4th of December 2023

तीन लाख बराबरको पट्का बरामद

तीन लाख बराबरको पट्का बरामद
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २० गते ११:०१

काठमाडौं। झापा प्रहरीले भद्रपुर नगरपालिका– ५ मा भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याएर राखेको अवस्थामा ३ लाख बराबरको पटका बरामद गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न प्रकारका पटकाजन्य बस्तुहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
करीब तीन लाख रूपैयाँ मूल्य बराबरको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राकेश थापाले बताए।
बरामद पटका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भदरपुरमा राखिएको प्रहरीले जनाएको छ। तिहार नजिकिदै गर्दा लुकाई छिपाई पटका ल्याउन लागिएको अवस्थामा प्रहरीले सो पटका बरामद गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *