२०८० मंसिर १८ गते | 4th of December 2023

नेपाली सेनाले दियो भारतीय सेनापतिलाई १ लाख थान मास्क उपहार

नेपाली सेनाले दियो भारतीय सेनापतिलाई १ लाख थान मास्क उपहार
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २१ गते १२:३९

काठमाडौं। नेपाली सेनाले भारतीय सेनापतिमार्फत भारतीय सेनालाई एकलाख मास्क उपहार दिएको छ।
नेपाली सेनाको मुख्यालय, भद्रकालीमा बिहीबार आयोजित एउटा विशेष समारोहमा नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाका सेनापति मनोजमुकुन्द नरवणेलाई सो उपहार प्रदान गरेका हुन्।
भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु उपहारस्वरुप दिइएको कार्यक्रमकै अवसरमा नेपाली सेनाले नेपालमै निर्मित मास्क उपहार दिएको हो।
भारतीय सेनापति नरवणे कात्तिक १७ गतदेखि नेपालको तीन दिने भ्रमणमा छन्। प्रचलनअनुसार, उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथी पदको पद्वी लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *