२०८० मंसिर १९ गते | 5th of December 2023

उपत्यकामा थपिए १३३८ संक्रमित, देशभर कहाँ कती? (तथ्यांकसहित)

उपत्यकामा थपिए १३३८ संक्रमित, देशभर कहाँ  कती? (तथ्यांकसहित)
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २१ गते १७:४३

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजा १५३ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ७७६ पुरुष र १ हजार १३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ पहजार ७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक यस्तो छः




 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *