२०८० असोज ५ गते | 22nd of September 2023

बिहार विधानसभा निर्वाचनः मोदी–नितिशलाई झड्का लाग्ने संकेत

बिहार विधानसभा निर्वाचनः मोदी–नितिशलाई झड्का लाग्ने संकेत
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २२ गते २०:०६

नयाँ दिल्ली (एजेन्सी)। भारतको बिहार विधानसभा निर्वाचनको मतदान सकिएसँगै भारतीय विभिन्न सञ्चार माध्यमहरुले गरेको एक्जिट पोल सार्वजनिक भएका छन्। विभिन्न एक्जि पोलमा फरक फकर अनुमान गरिए पनि सबैमा विपक्षीको महागठबन्धनले कडा टक्कर दिने बताइएको छ।
भाजपा र जनता दल यूनाइटेडको एनडीए गठबन्धलाई काँग्रेस राष्ट्रिय जनता दलको महागठबन्धनले कडा टक्कर दिने अनुमान गरिएको छ। एबीपी न्यूजको एबीसी सी भोटर एक्जिट पोलले एनडीए गठबन्धनले १०४ देखि १२८ सिट जित्ने अनुमान गरेको छ भने महागठबन्धनले १०८ देखि १३१ सिट जित्ने अनुमान गरेको छ। २४३ सदस्यीय बिहार विभानसभामा सरकार बनाउन कम्तिमा १२२ सिट आवश्यक छ।
उता भास्कर एक्जिट पोलले भने एनडीएले १२० देखि १२७ सिट आउने अनुमान गरेको छ भने महागठबन्धनले ७१ देखि ८१ सिट जित्ने अनुमान गरेको छ।
उता इण्डिया टूडे समूहको एक्सिस माई इण्डिया इक्जिट पोलअनुसार ४४ प्रतिशतले राष्ट्रिय जनता दलका नेता तेजश्वी यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् भने वर्तमान मुख्यमन्त्री नितिशकुमारलाई भने ३५ प्रतिशतले मन पराएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *