बिहारमा तेजश्वी मुख्यमन्त्री बन्ने एक्जिट पोलको प्रक्षेपण
नयाँ दिल्ली (एजेन्सी)। शनिबार भारतको बिहार राज्यको बिधानसभा निर्वाचनको मतदान सकिएसँगै सार्वजनिक गरिएका विभिन्न एक्जिट पोलले सत्तारुढ भाजपा–जेडीयूको एनडीए गठबन्धन पराजित हुने देखाएका छन्।
विभिन्न ४ मध्ये एक एक्जिट पोललेमात्र सत्तारुढ एनडीए गठबन्धनलाई बहुमत दिएको छ। अन्य एक्जिट पोलले काँग्रेस–आरजेडीको महागठबन्धनले बहुत बहुत ल्याउने अनुमान गरेका छन्।
आजतक माई एक्सिस एक्जिट पोलले महागठबन्धनले २४३ सिटमध्ये १३९ देखि १६१ सिट ल्याउने अनुमान गरेको छ। त्यस्तै टाइम्स नाउ एक्जिट पोलले महागठबन्धनलाई १२० सिट दिएको छ भने एनडीए गठबन्धनलाई ११६ सिट दिएको छ।
त्यस्तै टूडेज चाण्क्यले महागठबन्धनलाई १८० सिट दिएको छ भने एनडीएलाई ५५ सिट दिएको छ। भास्कर एक्जिट पोलले एनडीए गठबन्धनलाई १२० देखि १२७ र महागठबन्धनलाई ७१ देखि ८१ सिट दिएको छ।
एनडीए गठबन्धन वर्तमान मुख्यमन्त्री नितिश कुमारको नेतृत्वमा चुनाव लडेको छ भने महागठबन्धन तेजश्वी यादवको नेतृत्वमा चुनाव लडेको छ।
प्रतिक्रिया