२०८० असोज ७ गते | 24th of September 2023

काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित

काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २४ गते २०:०२

काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् ।
देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना सङ्क्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।
देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना रहेका छन् । काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन ।
देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।
देशभर एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौँ जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् ।
अहिलेसम्म काठमाडौँ जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *