२०८० असोज ७ गते | 24th of September 2023

मन्त्री अर्यालद्धारा स्याङ्जाका विकास निर्माण आयोजनाहरुको निरिक्षण

मन्त्री अर्यालद्धारा स्याङ्जाका विकास निर्माण आयोजनाहरुको निरिक्षण
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २८ गते १८:०७

स्याङ्जा। भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज (शुक्रबार) स्याङ्जाका विकास निर्माणका आयोजनाहरुको निरिक्षण गरेकी छन् ।
मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरुको निरिक्षण गरेकी हुन् । उनले वालिङ, सुर्कौँदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरिक्षण गरेकी हुन् ।
कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरिक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीती रहेको मन्त्री अर्यालले बताइन् ।
स्वरेक मैदानसम्म सडक कालोपत्रे गरी यहाँको पर्यटकीय स्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने मन्त्री अर्यालको भनाई छ ।
त्यस्तै वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गरिन् । डौँवाका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पु¥याउन छिट्टै योजना ल्याउने उनले बताइन् ।
यसैगरी मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरुको समेत निरिक्षण गरेकी छन् । मन्त्री अर्यालले चापाकोटको सिटि हल, भ्यु टावर, बसपार्क, बहु प्राविधिक शिक्षालयको निरिक्षण गरेकी छन् ।
चापाकोटमा ३०० जना क्षमताको सिटिहल निर्माणाधीन अवस्थामा रहेको छ । बहुवर्षिय योजना अन्र्तगत सिटि हल निर्माणका लागी आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड चालू आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड गरी ३ करोड रकम निकासा भईसकेको छ ।
सिटि हल २०७७ फाल्गुन २१ गते भित्र भ्याट बाहेक ३ करोड ६९ लाख ३७ हजार ५ सय ४४ मा सम्झौता भएको हो । कोभिडको संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुँने भएको छ ।
अनुगमनका क्रममा मन्त्री अर्यालले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधि प्रवृत्ति भएको बताइन्।
यो वर्ष कोरोनाको संक्रमणका कारण धेरै आयोजनाहरुलाई प्रभाव पारेपनि अव कोरोनासंग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने बताइन ।
यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गरेकी थिइन् । कर्मचारीहरुलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गर्ने भन्दै सोही अनुसार काम गर्न निर्देशन दिएकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *