२०८० असोज १२ गते | 29th of September 2023

बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन सहकार्य

बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन सहकार्य
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २९ गते १६:११

काठमाडौं। काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, बिषेशज्ञ स्वास्थ्य सेवाका लागि ठूला अस्पताल र दक्षता भएका संघ संस्थासँग सहकार्य गरिरहेको बताएका छन्।
विश्व मधुमेह दिवसका अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विश्व कोभिड १९ महामारीको चपेटामा भए पनि नसर्ने रोगबाट पर्ने प्रभावलाई कम आकलन गर्न मिल्दैन।’
जीवनशैली र खानपानका कारण शहरमा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै उनले यसको नियन्त्रण र रोकथामका लागि महानगरले लगानी र सहकार्य बढाउँदै लगेको बताए। उनले भने, ‘निष्क्रिय र बिलासी शहरी जीवनशैलीले मधुमेहका बिरामीको संख्या बढ्दै छ। यही समस्याले आँखा, कलेजो, मुटु, नशा सम्बन्धी थप समस्या सृजना हुन्छ।’
उनले थेप, ‘सहरबासीमा हुने यस प्रकारका समस्या न्युनीकरण गर्न तथा लुकेर बसेका बिरामी पत्ता लगाउन महानगरले मधुमेही समावजसँग सहकार्य गरेको छ।’
आधारभूत स्वास्थ्य सेवाका लागि महानगरले २७ वटा वडा क्लिनिकबाट १८ प्रकारका औषधि निःशुल्क वितरण गरिरहेको प्रसङ्ग उल्लेख गर्दै मेयर शाक्यले, कोभिड १९ को संक्रमणबाट मधुमेहका विरामीमा उत्पन्न जटिल परिस्थितिका बारेमा थप केही कार्यक्रम ल्याउन आवश्यक रहेको आफूलाई महसुस भएको उल्लेख गरे।
हरेक बर्षको १४ नोभेम्बरका दिन यो दिवस मनाउने गरिन्छ। यस अवसरमा नेपाल मधुमेही समाजले काठमाडौं महानगरसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।
त्यस अवसरमा मेयर शाक्यले ‘मधुमेह’ नामक पुस्तक सार्वजनिक गरे। स्वास्थ्य शिक्षा बढाउने उद्देश्यले प्रकाशन गरिएको पुस्तकमा मधुमेहको इतिहासदेखि यसका चरित्र, प्रकार र असरलाई बर्गीकरण गरेर लेखिएका सामाग्री समावेश छन्। मधुमेहमा रगत र पिसाबको परीक्षण, ग्लुकोमिटर र ग्लुकोजको स्वमापन, इन्सुलिन उपचार पद्धति, मृगौला, आँखा, मधुमेही खुट्टा, छाला र यौन समस्या, पूर्व मधुमेहलगायत बिषय पुस्तकमा समावेश छन्।
समारोहमा मधुमेह सम्बन्धि तयार पारिएको ‘साखःकका’ नामक लघु चलचित्र प्रदर्शन गरिएको थियो।
विश्वका हरेक १० मध्ये १ जनाको अनुपातमा मधुमेहको समस्या रहेको तथ्याङ्कले देखाउँछ।
 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *