तिहारको दिन परराष्ट्रमन्त्री ज्ञवालीको राजनीतिक ट्वीटः पार्टी संकटमा छ,तर समाधानको प्रयास हुँदैछ
काठमाडौं। सोमबार देशभर भाईटीका मनाइयो। यमपञ्चकको अन्तिम दिन भाइटीका धुमधामसँग मनाइयो। देशमा उल्लाहसको वातावरण हुँदा देश चलाइरहेको सत्तारु दल नेकपामा भने कचिंगल छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको विवादका बीच नेकपा विभाजनको संघार छ।
यहीबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार साँझ तिहारबारे होइन राजनीतिबारे ट्वीट गरेका छन्। प्रधानमन्त्री ओलीका अति निकट मानिने ज्ञवालीले ट्वीटमा लेखेका छन्, ‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ। आशा छ, संकटका बादलहरू हटेर जानेछन्। कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ। एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।’
गएको शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकल रुपमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् र संगीन आरोपसमेत लगाएका छन्। सो प्रतिवेदन फिर्ता लिन ओली निकटहरुले आग्रह गरिरहेका छन्। मन्त्री ज्ञवालीले पनि सो प्रतिवेदन फिर्ता लिन घुमाउरो ढंगबाट आग्रह गरेका छन्।
पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ।
आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।— Pradeep Gyawali (@PradeepgyawaliK) November 16, 2020
प्रतिक्रिया