२०८० मंसिर १८ गते | 4th of December 2023

उपत्यकामा थपिए १०३८ कोरोना संक्रमित, देशभर २८८७८ सक्रिय संक्रमित

उपत्यकामा थपिए १०३८ कोरोना संक्रमित, देशभर २८८७८ सक्रिय संक्रमित
Sanchar_np प्रकाशित: २०७७ मंसिर ३ गते १६:४४

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष रहेका छन् ।
योसँगै देशभर थप १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।
यस्तै हालसम्म ९१० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण भएको छ ।
नेपालमा कोरोनाबाट निको हुने दर ८५.८ प्रतिशत रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *