२०८० असोज ७ गते | 24th of September 2023

नेकपा विवादमा गगन थापाको इन्ट्रीः प्रचण्डले ओलीमाथि लगाएका आरोप उत्तर चाहिन्छ

नेकपा विवादमा गगन थापाको इन्ट्रीः प्रचण्डले ओलीमाथि लगाएका आरोप उत्तर चाहिन्छ
Sanchar_np प्रकाशित: २०७७ मंसिर ३ गते १७:२८

काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद बढिरहेका बेला गएको शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि संगीन आरोप लगाएका छन्।
प्रतिवेदनमा प्रचण्डले ओलीलाई भ्रष्टाचारीको संरक्षदेखि सामन्तीसमेत भनेका छन्। प्रचण्डको राजनीतिक प्रतिवेदनपछि नेकपाको विवाद झन चर्केको छ। बुधबार बसेको नेकपा बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिने बताइसकेका छन्। र प्रतिवेदनमार्फतन जवाफ दिन १० दिनको समयमा मागेका छन्, जुन उनले पाएका पनि छन्।
यहीबीचमा नेकपाको आन्तरिक विवादमा नेपाली काँग्रेसका नेता गगनकुमार थापाको इन्ट्री भएको छ। थापाको इन्ट्री नेकपाको विवादसँग सम्बिन्धत छैन, तर नेकपाका एक अध्यक्षले अर्को अध्यक्ष तथा प्रधानमन्त्रीमाथि लगाएको अरोपसँग सम्बन्धित छ।
थापाले बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले ओलीमाथि लगाएको आरोपबारे काँग्रेसले उत्तर खोज्ने बताएका छन्। उनले भ्रष्टाचारीको संरक्षक उनकै पार्टीका नेताले भनेको बेला यो विषयमा प्रधानमन्त्रीसँग जवाफ मागिने बताएका छन्। उनले संसदमा यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताएका छन्। उनले पार्टी मिले पनि नमिले पनि यो विषयमा भने जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *