२०८० असोज ७ गते | 24th of September 2023

कप्तानलगायत तीन खेलाडीलाई कोरोना भएपछि अन्य पाँचजनालाई बन्द प्रशिणका लागि बोलाइयो

कप्तानलगायत तीन खेलाडीलाई कोरोना भएपछि अन्य पाँचजनालाई बन्द प्रशिणका लागि बोलाइयो
Sanchar_np प्रकाशित: २०७७ मंसिर १० गते १९:४७

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि शुरु हुने भनिएको बन्द प्रशिक्षणका लागि खेलाडीको कोरोना परीक्षण गर्दा तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएपछि अन्य पाँचजना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ।
यसअघि क्यानले बोलाएको २२ जनामा नपरेका थप पाँचजनालाई प्रशिक्षणका लागि बोलाइएको हो। मंगलबार गरिएको कोरोना परीक्षणको बुधबार आएको रिपोर्टमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र अलराउण्डर रोहित पौडेल संक्रमित भएको पुष्टि भएको थियो।
क्यानले विक्रम सोब, अनिल शाह, कुसल भुर्तेल, रित गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *