२०७९ चैत १६ गते | 30th of March 2023

फिक्का भयो सुनको चमक ! गिरावट विगत ४ वर्षकै सबैभन्दा न्यूनतम विन्दूमा

फिक्का भयो सुनको चमक ! गिरावट विगत ४ वर्षकै सबैभन्दा न्यूनतम विन्दूमा
Sanchar_np प्रकाशित: २०७७ मंसिर १६ गते १०:४३

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएर विगत ४ वर्षयताकै न्यूनतम विन्दूमा पुगेको छ । कोरोनाभाइरसको भ्याक्सिन विकास अन्तिम चरणमा पुगेसँगै अर्थतन्त्रमा सुधारको संकेत देखिँदा सुनको मूल्यमा गिरावट आएको हो ।
सोमबार स्पट गोल्डको मूल्यमा १.२ प्रतिशतले गिरावट आएर १७६६.२६ डलर प्रतिऔंसमा झरेको छ । यो महिनामा सूनको मूल्यमा कूल ५.९ प्रतिशतले गिरावट आएको छ । एक औंसमा २८.३५ ग्राम वा २.४३ तोला हुन्छ ।
यो गिरावट विगत ४ वर्षयताकै सर्वाधिक हो । यसअघि नोभेम्बर २०१६ मा सुनको मूल्यमा यस्तै गिरावट आएको थियो । अमेरिकी बजारमा सुनको मूल्यमा ०.५ प्रतिशतले गिरावट आएर १७७२.६० डलर प्रतिऔंसमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *