२०८० असोज १३ गते | 30th of September 2023

आर्थिक लाभ लिएको आरोपमा नेपाल प्रहरीका एसपीद्वय रामेश्वर यादव र बिमल बस्नेत निलम्बित

आर्थिक लाभ लिएको आरोपमा नेपाल प्रहरीका एसपीद्वय रामेश्वर यादव र बिमल बस्नेत निलम्बित
Sanchar_np प्रकाशित: २०७७ मंसिर १७ गते १२:०७

काठमाडौं। प्रहरी प्रधानकार्यालयले दुई एसपीलाई आर्थिक लाभ लिएको आरोपमा निलम्बित गरेकाे छ। एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवलाई प्रहरी प्रधानकार्यालयले छानवीन गरी निलम्बित गरेकाे हाे।
उनीहरुलाई ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले छानवीन गरी निलम्बित गरेकाे हाे। प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरूले अनियमितता गरेको पुष्टि भएको छ।
एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए। उनीअघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए। प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट उनीहरूले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखामा उजुरी परेपछि छानवीन गरेको थियो।
एसपी बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा सेवामा आएका हुन् भने यादव चाहि प्रहरी नीरिक्षकबाट सेवा शुरु गरेका हुन्। उनीहरु दुवैको विगतको ट्रयाक रेकर्ड खराब रहेको छ। यादवले सिन्धुली जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा आर्थिक अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालय तानिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *