२०८० मंसिर १८ गते | 4th of December 2023

वैदेशिकभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गछौं : उद्योगमन्त्री भट्ट

वैदेशिकभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गछौं : उद्योगमन्त्री भट्ट
Sanchar_np प्रकाशित: २०७७ मंसिर १८ गते १६:५६

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वैदेशिक लगानीभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा बिहीवार मन्त्री भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए।
त्यसैले उद्योग मन्त्रालयले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी नीतिगत व्यवस्था गर्ने बतउँदै उनले कोभिडपछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नहुने धारणा राखे।
यस्तै उक्त कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगहरूमा मजदुरहरूले बन्द–हडताल गरिरहेको बताए।
कोभिडले थलिएको अर्थतन्त्रले सास फेर्ने क्रममा बन्द–हडतालले ब्यबसायमा नराम्रो असर पुर्याएको बताउँदै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्टसमक्ष माग गरे । उद्योग मन्त्रालयले निर्देशन जारी गरेर भए पनि बन्द–हडताल रोक्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा उद्योगी–व्यवसायीहरूले साना तथा मझौला उद्योगहरूले पुनर्कर्जाको सुविधा पाउन नसकेको स्मरण गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *