२०८० मंसिर १८ गते | 4th of December 2023

नेकपा सचिवालय बैठक बस्दै, के गर्छन् प्रधानमन्त्री ओली ?

नेकपा सचिवालय बैठक बस्दै, के गर्छन् प्रधानमन्त्री ओली ?
Sanchar_np प्रकाशित: २०७७ मंसिर २० गते ११:४२

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री उपस्थित हुने नहुने निश्चित नभएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जनाएको छ।
‘बैठक बस्ने तय यसअघि नै भएपनि प्रधानमन्त्रीज्यू सहभागी हुने नहुने निश्चित भएको छैन,’ ओली निकट स्रोतले भन्यो, ‘विधान अनुसार बैठक बोलाउँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्षलाई बैठकमा सहभागी हुन सजिलो हुन्छ। विधान अनुसार बैठक बोलाएको हो कि होइन त्यसमा भरपर्छ।’
यसअघि बुधबार बसेको सचिवालय बैठकमा ओली सहभागी नभएपछि आज बस्नेगरी स्थगित भएको थियो। तर आज बस्ने बैठकमा पनि ओली सहभागी हुने निश्चित छैन।
विधानमा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने उल्लेख छ। आफ्नो सहमति बेगर बैठक बोलाएको भन्दै ओलीले सहभागी हुन अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *