काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको मृत्यु भएको छ।
उनको ७९ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ। सोमबार उनको आफ्नै निवासमा मृत्यु भएको हो। बेलायतको नटिन्घाममा जन्मिएका स्कट ब्रेन केही समयदेखि क्यान्सरबाट पीडित थिए।
उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए। त्यही समयमा सन् १९७५ सेप्टेम्बर २४ मा उनले साउथ वेस्ट फेसबाट सगरमाथा आरोहण गरेका थिए।
उनले नेपलमा एउटा संस्था मार्फत सामाजिक सेवा पनि सञ्चलन गरेका थिए। उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरी उक्त क्षेत्रका मानिसहरुको सहयोग गर्दै आएका थिए।
प्रतिक्रिया