२०८० असोज ७ गते | 24th of September 2023

विप्लव समूहद्वारा मोरङमा शिक्षकको घाँटी रेटी हत्या

विप्लव समूहद्वारा मोरङमा शिक्षकको घाँटी रेटी हत्या
Sanchar_np प्रकाशित: २०७७ मंसिर २३ गते १८:११

काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले मोरङमा एकजना शिक्षकको घाँटी रेटेर हत्या गरेका छन् ।
मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय राजेन्द्र श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।
श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयले अनुमान गरेका थिए । यसअघी प्रहरीले पनि गोली हानी हत्या गरेको सूचना दिएको थियो ।
तर मधुमल्लाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको छ ।
शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि दुवै हात बाँधेर अगाडिबाट घाँटी रेटेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *