२०८० मंसिर १५ गते | 1st of December 2023

पारस खड्का कोरोना संक्रमित

पारस खड्का कोरोना संक्रमित
Sanchar_np प्रकाशित: २०७७ मंसिर २६ गते १८:५२

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमित भएका छन्। क्यानको बन्द प्रशिक्षणसमेत सहभागिता जनाएका पारस विगत दुईदिन यता भने आइसोलेशनमा रहेका थिए।
उनको कोरोना परीक्षणको शुक्रबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो।
क्रिकेटर खड्काले आफू कोरोना पोजेटिभ भएको भन्दै पछिल्लो पटक आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्। उनले हाल आफू घरमै आइसोलेशनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
उनले केही सामान्य लक्षण देखिएपछि दुईदिन यता आइसोलेशनमा बसेको बताएका छन्।
कोरोना संक्रमण भएसँगै उनले शनिबार शुरु हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगितासमेत गुमाउने भएका छन्। उनी बागमती प्रदेश टिमको कप्तानसमेत थिए। प्रतियोगिता शनिबार चितवनस्थित गौतम बुद्ध खेलमैदानमा शुरु हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *