२०८० मंसिर १५ गते | 1st of December 2023

ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा भएकाे आगलागी नियन्त्रणमा (भिडियो)

ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा भएकाे आगलागी नियन्त्रणमा (भिडियो)
Sanchar_np प्रकाशित: २०७७ मंसिर २८ गते २३:२३

काठमाडौं। ललितपुर ग्वार्कोमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। ग्वार्को चोकको उज्ज्वल पेट्रोल पम्पमा रहेको ट्याङकरमा आइतबार साँझ सवा ६ बजे आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ।
ललितपुर प्रहरीका अनुसार पम्पमा आगलागी भएपछि सातदोबाटो कोटेश्वर सडकको ग्वार्को खण्डमा सवारी रोकिएका थिए। पम्ममा पेट्रोल हाल्न गएको ना ६ ख ९७४ नम्बरको ट्याङ्करमा अगाडीको भागबाट आगलागी सुरु भएको थियो।
आगालागीबाट पेट्रोल पम्प नजिकै रहेका दुइओटा घरका एक/एकओटा झ्याल फुट्नुका साथै भित्तामा सामान्य क्षति भएको छ । यस्तै प्र.३-०२- ०१४प८६०१ नम्बरको मोटरसाइकल, बा.५०प ५२२३ नम्बरको मोटरसाइकल, प्र.३- ०२- ०१९प ५३०१ नम्बरको मोटरसाइकल, बा. ६६प२०८नम्बरको मोटरसाइकल, बा.५० प७८०नम्बरको मोटरसाइकल, बा ३३प ६०३४नम्बरको मोटरसाइकल र नम्बर नखुलेका एक मोटरसाइकल र एक स्कुटरमा गरी आठओटा सवारीमा आंशिक क्षती पुगेको छ । आगलागीबाट ट्याङ्करको अगाडीको भागमा पूर्णरुपमा क्षति भएको ललितपुर प्रहरी परिसरका एक प्रहरीले बताए। उनका अनुसार पेट्रोल पम्प आगलागी हुनबाट जोगिँदा ठूलो दुर्घटना हुनबाट बचेको छ।
ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको  थियो ।

भिडियो सौजन्यः उत्तम श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *