२०८० मंसिर १९ गते | 5th of December 2023

नेपाल र अमेरिकाकाबीच टिफाको पाँचौ बैठक मंगलबार, यस्ता छन छलफका विषय

नेपाल र अमेरिकाकाबीच टिफाको पाँचौ बैठक मंगलबार, यस्ता छन छलफका विषय
Sanchar_np प्रकाशित: २०७७ मंसिर ३० गते ११:५२

काठमाडौं। नेपाल र अमेरिकाकाबीच व्यापार तथा लगानी सम्झौता परिषद् (ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट काउन्सिल, टिफा)को पाँचौ बैठक बस्दै छ।
मंगलबार भर्चुअल माध्यमबाट हने बैठक नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुने छ। बैठकमा नेपालको तर्फबाट वाणिज्य सचिव बैकुण्ठ अर्यालले नेतृत्व गर्दैछन।
यसपटकको भर्चुअल बैठकमा पनि व्यापार बढाउन भन्सार सहजीकरण, निर्यातमा प्राविधिक सहायता, बजार पहुँच र व्यापारमा अवरोध, नेपालमा लगानी र विश्व मूल्य श्रृंखलामा स्वदेशी उद्योगलाई जोड्ने, सेवा र लगानी नीति बैठकका मुख्य एजेन्डा राखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
मंगलबारको बैठकमा विषेशगरी ५ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा त्यसको समीक्षा र कार्यान्वयनका लागि छलफल केन्द्रित हुनेछ।
छुट पाएकामध्ये नेपालबाट ब्याग प्रयोजनका उत्पादन, फ्लोर कभरिङका उत्पादन, सल, ब्लांकेट, विभिन्न रेशाका उत्पादन, शीरपोससम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन्।
नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफामा हस्ताक्षर भएको थियो। हरेक वर्ष आलोपालो दुवै मुलुकमा बैठक बसेर उपलब्धि समीक्षा तथा समस्या समाधान गर्ने सम्झौतामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *