२०८० मंसिर १८ गते | 4th of December 2023

इजरालयमा रोजगारीबारे राजदूत र श्रममन्त्रीबीच कुराकानी

इजरालयमा रोजगारीबारे राजदूत र श्रममन्त्रीबीच कुराकानी
Sanchar_np प्रकाशित: २०७७ मंसिर ३० गते २२:१०

काठमाडौं। नेपालका लागि इजरेली राजदूत हनान गडेर गोल्डबर्गर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवसँग मंगलबार भेट गरी नेपाली श्रमिकहरुलाई इजरायलमा रोजागारीबारे छलफल भएको छ।
इजरायलमा केयरगिभरको काममा नेपालीहरु विगत केही बर्षदेखि कार्यरत रहंदै आएका छन्। विभिन्न एजेन्टहरुमार्फत श्रमिकहरु त्यहां पुग्ने गरेकोमा यसपटक इजरायल सरकार र नेपाल सरकारबीच जी टु जी का माध्यमबाट नेपाल सरकारले नै छनौट गरी नर्सहरुलाई रोजगारी दिने प्रक्रिया अघि बढेको छ।
पांच सय नर्सहरुलाई मापदण्डअनुसार छनौट गरी रोजगारीका लागि इजरायल पठाउने विषयमा अन्तिम सम्झौताको तयारी भइरहेको अवस्थामा राजदूत गोल्डर्वर श्रममन्त्री यादवलाई भेट्न पुगेका थिए। गोल्डबर्गर नेपालका लागि राजदूत नियुक्त भएर भर्खरै नेपाल आएका हुन्।
मन्त्रालय स्रोतका अनुसार, भेटका अवसरमा इजरायलको बैज्ञानिक कृषिका लागि सातहजार नेपाली युवाहरुलाई तालिम र रोजगारीको अवसरका लागि मन्त्री यादवले राजदूतसंग प्रस्ताव गरेका छन्।
बैज्ञानिक कृषिमा रोजगारी एवं तालिमको अवसर पाए रोजगारीको अवधिपछि कामदार नेपाल फर्कदा बैज्ञानिक कृषिका विधिहरु सिकेर आउने र त्यसले नेपालको कृषि क्षेत्रलाई ठूलो सहयोग गर्ने अवधारणका आधारमा मन्त्री यादवले सो प्रस्ताव राखेको बताइएको छ। मन्त्रीको यो प्रस्तावलाई सकारात्मक हिसावले अघि बढाइने जानकारी राजदूतले दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *