२०८० असोज ७ गते | 24th of September 2023

एआईजी पालले सम्हाले कमाण्ड

एआईजी पालले सम्हाले कमाण्ड
Sanchar_np प्रकाशित: २०७७ पुष २ गते १९:११

काठमाडौं। अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले कमाण्ड सम्हालेका छन्। सरकारको मन्त्रीस्तरीय निर्णयपछि एआईजी पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको थियो।
गत २५ गते बसेको मन्त्रिपरिषद बैठकले पाललाई प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान बिभागबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गर्ने निर्णय गरेको थियो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयबाट सरुवा भई जान लागेका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले एआईजी पाललाई स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा सम्मान गारदले सलामी अर्पण गरे पश्वात पदभार ग्रहण गरे पश्चात एआईजी पालले उपस्थित कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका थिए।
प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान बिभागमा सरूवा भई जान लागेका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेललाई कार्यालयको तर्फबाट कार्यालय प्रमुख पालले मायाको चिनो प्रदान गरी विदाई गरेका थिए।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *