२०८० मंसिर १८ गते | 4th of December 2023

कोरोना भाइरसविरुद्धको खोप सबैले निःशुल्क पाउँछन् :अर्थमन्त्री पौडेल

कोरोना भाइरसविरुद्धको खोप सबैले निःशुल्क पाउँछन् :अर्थमन्त्री पौडेल
Sanchar_np प्रकाशित: २०७७ पुष ३ गते १५:३४

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको भ्याक्सिन आयात गर्न कुटनीतिक निकायहरुसँग कुरा भइरहेको भन्दै खोप निःशुल्क वितरण गर्ने बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटघाटमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। विश्व बजारमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा आयात गर्न र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापनका लागि अर्थमन्त्रालय लागीपरेको उनको भनाइ छ। उनले नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गरिने समेत बताएका छन्।
उनले भने,  ‘हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं कोरोनाको भ्याक्सिन ल्याउन त्यसका लागि आवश्यक स्रोत व्यवस्थपन र वितरणका लागि सरकार लागीपरेको छ।’
मन्त्री पोडेलले खोप आयात गर्दा तुलनात्मक रुपमा सस्तो दरमा भ्याक्सिन आयात गर्ने र प्राथमिकताका आधारमा सबैले पाउने गरि वितरण गरिने जानकारी दिए।
उनले सस्तो, गुणस्तरीय र स्वास्थ्यको मापदण्ड पूरा गरेर मात्रै आयात गरिने भन्दै भ्याक्सिन आयात गर्न कुटनीतिक निकायहरुसँग कुरा भइरहेको दावी समेत गरे।
नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनका लागि कोभिड विरुद्ध लड्न र उनले उत्पादन, रोजगारी बढाएर आर्थिक जीवनलाई पुरानै लयमा फर्काउनका लागि पनि खोप आवश्यक भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *