संसदको विशेष अधिवेशन बोलाउन चाहन्थ्यो काँग्रेस, तर…
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेको छ। काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहाुदर देउवाले तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेका हुन्।
उनले ट्वीटरमार्फत संसद्को अधिवेशन बोलाउन माग गरेका छन्। देउवाले विशेष अधिवेशन बोलाउने विषयमा आफ्नो पार्टीको संख्या नपुगेपछि अन्य दलहरुसँग पनि छलफल गरेको तर, सो छलफलले सार्थकता नपाएकोसमेत बताएका छन्।
त्यसो त संविधानको व्यवस्था अनुसार यो पुस १७ गतेसम्म अनिवार्य रुपमा संसदको अधिवेशन बोलाउनै पर्ने बाध्यतामा सरकार छ। संसद्का दुई अधिवेशनमा ६ महिनाभन्दा धेरैको फरक पार्न नपाइने संवैधानिक व्यवस्था भएकाले १७ पुससम्म अधिवेशन बोलाउनुपर्ने बाध्यता छ। गत असार १८ मा सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्केपछि सरकारले हठात अधिवेशन अन्त्य गरेको थियो।
संसद अधिवेशन बोलाउन मैले पटक पटक पहल गरेको थिए।कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथिहरुसँग पनि यस विषयमा छलफल भएको थियो।तर ति छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौ।अब तत्काल नियमित संसद अधिवेशन बोलाउन माग गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 18, 2020
प्रतिक्रिया