२०८० असोज ५ गते | 22nd of September 2023

भिसा नवीकरण र अन्य सेवाबारे अमेरिकास्थित नेपाली दूतावासको नयाँ सूचना

भिसा नवीकरण र अन्य सेवाबारे अमेरिकास्थित नेपाली दूतावासको नयाँ सूचना
Sanchar_np प्रकाशित: २०७७ पुष ४ गते १२:२२

वासिंगटन डिसी । गैरआवासीय नेपाली वा अमेरिकी नागरिक भइसकेका नेपालीहरुले अब नेपाल जाँदा काठमाडौंको एयरपोर्टमा अनएराइभल भिसा फेरि पाउन सक्ने भएका छन् । कोरोना महामारीका कारण नेपाल सरकारले सबै प्रकारका विदेशीहरुलाई दिइने अनएराइभल भिसा लामो समयसम्म रोकेको थियो ।
अमेरिकाको वासिंगटन डिसीस्थित नेपाली दूतावासले डिसेम्बर १८ मा एक सूचना सार्वजानिक गर्दै यो कुराको जानकारी दिएको छ । उसले ‘कोभिड १९ का सन्दर्भमा कन्सुलर सेवासम्बन्धी जरुरी सूचना’ भन्दै जारी गरेको सूचनामा भिसा, ट्रभल डकुमेण्ट, प्रमाणीकरण, गैरआवासीय नेपाली परिचय पत्र र पहिला एमआरपी लिइसकेकाहरुको राहदानी नवीकरणको काम हुलाकमार्फत नै गर्ने जानकारी दिएको छ ।
दुतावासको जानकारीअनुसार, पहिला हस्तलिखित पासपोर्ट भएका नेपाली नागरिकहरुको हकमा दुतावासमै उपस्थित भएर पासपोर्ट बनाउने काम गर्नुपर्ने तर दूतावास आउनुअघि समय लिएरमात्र आउनुपर्ने छ । त्यसैगरी अधिकृत वारेसनामा लिनुपर्नेहरुले पनि दुतावासमा स्वयं उपस्थित हुनुपर्ने तर समय लिएरमात्र आउनुपर्ने सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *