२०८० मंसिर १५ गते | 1st of December 2023

प्रधानमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल, उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन

प्रधानमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल, उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन
Sanchar_np प्रकाशित: २०७७ पुष ५ गते २१:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो ।
यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्तिसुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा आज प्रतिनिधिसभा विघटन गरिएपछि काठमाडौँलगायत मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *