२०८० मंसिर १८ गते | 4th of December 2023

संसद् विघटनविरुद्ध सर्वोच्चमा ४ सांसदले गरे रिट दायर

संसद् विघटनविरुद्ध सर्वोच्चमा ४ सांसदले गरे रिट दायर
Sanchar_np प्रकाशित: २०७७ पुष ७ गते १६:०२

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रतिनिधिसभाका ४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट लिएर सर्वोच्च पुगेका थिए । अधिवक्ता प्रवेश केसीले उनीहरुको रिट दर्ता गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
यसअघि नेकपाका ९० जना सांसदले दायर गर्ने भनिएको रिट ४ जना सांसदले दर्ता गराएका हुन् । रिटमा समर्थन गरेर हस्ताक्षर भने ९० जना सांसदले गरेका छन्।
उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।
सासद झाँक्रीका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।
संसद् विघटन स्वीकृत भएसँगै सोमबार सर्वोच्चमा ११ वटा रिट परेका छन्। सर्वोच्च अदालतले ११ वटै रिटमा एकसाथ पुस ८ गते सुनुवाई गर्ने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *