२०८० मंसिर १५ गते | 1st of December 2023

प्रचण्ड–नेपाल समूहमा गएका महासेठ पुरानै घर फर्किए

प्रचण्ड–नेपाल समूहमा गएका महासेठ पुरानै घर फर्किए
Sanchar_np प्रकाशित: २०७७ पुष ८ गते ११:५७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको विवादका कारण मंगलबार अलग-अलग बैठक बसे। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले बालुवाटार र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बबरमहलमा आफू वैधानिक हौं भन्दै अलग अलग केन्द्रीय कमिटी बैठक बोलाए।
केन्द्रीय कमिटीका छुट्टाछुट्टै बैठक पश्चात एउटा परिदृष्यले संचार माध्याममा चर्चा पायो। त्यो परिदृष्य थियो महासेठ दम्पती। ओलीका विश्वास पात्र मानिकाए रघुवीर महासेठ दम्पत्तिका अनुहार अलग अलग भेलामा देखिए। महासेठ प्रचण्ड–नेपाल समूहले बोलाएको स्थायी कमिटी भेलामा थिए भने उनकी पत्नी जुली महतो ओली समूहले बोलाएको केन्द्रीय कमिटीको भेलामा देखिएकी थिइन्।
अलग अलग भेलामा अनुहार देखिएपछि संचारमाध्यामले उनीहरुको उपस्थितिलाई महत्वका साथ हेरे। नेकपाको विवादले घरपरिवारमा पनि समस्या पार्छ कि भन्ने कुरामा शशंकित पनि भए। तर, सबैलाई चक्मा दिँदै महासेठ आफ्नै पुरानो घर फर्केका छन्।
लामो समयदेखि ओली निकट मानिएका महासेठ पुनः ओलीको समूहमा फर्केपछि उनलाई आफ्नो पुरानो घरमा फर्किएको भनिएको हो।
स्रोतका अनुसार महासेठ प्रचण्ड नेपाल समूहको स्थायी कमिटी वैठकमा गएका थिए। तर, केन्द्रीय कमिटीको कार्की प्यालेस बबरमहलमा भएको भेलामा भने उपस्थित थिएनन्। उनले ओलीलाई कारवाही गर्ने निर्णय पुस्तिकामा समेत हस्ताक्षर नगरेको स्रोतले जनाएको छ। उनलाई स्थायी कमिटीमा गएकै कारण प्रचण्ड नेपाल समूहमा रहेको अडकलबाजी गरिएको थियो।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *