२०८० मंसिर १८ गते | 4th of December 2023

अन्तत: ओलीलाई बादलको साथ

अन्तत: ओलीलाई बादलको साथ
Sanchar_np प्रकाशित: २०७७ पुष ९ गते १०:५७

काठमाडौं। पार्टी विभाजित भएर दुई टुक्रा भइसक्दा समेत कतै नखुलेका गृहमन्त्री रामबहादुर थापा बादलले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भएका छन्। आफूलाई साथ दिन प्रचण्डले गरेको आग्रहमा समेत मौन बसेका बादलले अन्ततः प्रधानमन्त्री ओलीलाई साथ दिने भएका हुन्।
बुधबार गृहमन्त्री बादलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए। उक्त छलफलमा गृहमन्त्री बादलले ओलीलाई साथ दिने वचन दिएको बालुवाटार निकट स्रोतले जनाएको छ।
‘उहाँ (बादल) पार्टी विभाजनको पक्षमा हुनुहुन्न थियो, सकेसम्म पार्टी एकतालाई जोखाउन सकियोस भनेर उहाँले तटस्थ भूमिका निर्वाह पनि गर्नु भएको हो,’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘तर परिस्थति अब एउटा पक्षमा लाग्नै पर्ने भएकाले उहाँले प्रधानमन्त्रीलाई नै साथ दिने सोच बनाउनु भएको हो।’
औपचारिक रुपमा पार्टी विभाजन हुँदा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री थापा कुनै पनि पक्षमा लागेका थिएनन्। गौतम अहिले पनि कुनै पक्षमा खुलेका छैनन्। तर गृहमन्त्री थापाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *