२०८० मंसिर १८ गते | 4th of December 2023

प्रचण्ड–नेपाल समूहको नेकपा केन्द्रीय बैठक, महासचिवमा सुरेन्द्र पाण्डे

प्रचण्ड–नेपाल समूहको नेकपा केन्द्रीय बैठक, महासचिवमा सुरेन्द्र पाण्डे
Sanchar_np प्रकाशित: २०७७ पुष ९ गते १३:५५

काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपा केन्द्रीय बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकले रिक्त महासचिवमा सुरेन्द्र पाण्डेको नाम अनुमोदन गर्ने बताइएको छ।
प्रचण्ड–नेपाल समूहका शीर्ष नेताबीच पाण्डेलाई महासचिव बनाउने सहमति भइरहेको छ। यो सँगै बैठकले नेताहरुको कार्याविभाजन समेत गर्ने एक नेताले जानकारी दिए।
बैठकले महासचिव चयन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *