प्रचण्ड–नेपाल समूहको नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपाले संसद विघटन विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। प्रचण्ड–नेपाल समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ।
बैठकले शुक्रबार विहान साढे नौ बजे पार्टीमा आवद्ध सबै केन्द्रीय सदस्य विघटिन संसदका निर्वतमान सांसदलगायत माइतीघर मण्डलामा जम्मा गएर निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसैगरी बैठकले शुक्रबार नै दुई बजे पत्रकार सम्मेलन गर्ने, एक हप्ताभित्र प्रदेशहरुको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यसैगरी बैठकले १२ गते आइतबार ७७ वटै जिल्लहरुको भेला र बैठक गर्ने, १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरुद्ध आन्दोलन गर्ने, २० गते भित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने निर्णय गरेको छ।
यसैगरी बैठकले २५ गतेभित्र वडाहरुमा बैठक, भेला गर्ने, काठमाडौं लगायतका शहरहरुमा प्रतिगमनका विरुद्ध दैनिक आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया