काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
यसअघि नेपाल सरकारका अर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका खतिवडालाई मन्त्रीपरिषद्ले अमेरिकाको राजदूतमा सिफारिस गरेको थियो । उनलाई राष्ट्रपतिले मंगलबार राजदूत नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया