२०८० असोज १३ गते | 30th of September 2023

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, मन्त्रिपरिषद विस्तारको तयारी

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, मन्त्रिपरिषद विस्तारको तयारी
Sanchar_np प्रकाशित: २०७७ पुष १० गते १३:५७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। शुक्रबार साँझ ६ बजे बस्ने मन्त्रिपरिषद बैठकमा बागमती प्रदेश सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ।
शुक्रबार प्रचण्ड–नेपाल समूहले बागमती प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएका थिए। यसअघि नै प्रधानमन्त्रीले प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याए आफू चुप लागेर नबस्ने चेतावनी दिएका थिए।
नेकपा दुई समूहका विभाजित भएपछि प्रदेश सरकार विरुद्ध पनि अविश्वासको प्रस्ताव आउन थालेको हो। यसैबीच प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने तयारी गरेका छन्।
पूर्व माओवादी र माधव नेपाल निकट दुई गरी सात जनाले राजीनामा दिएपछि रिक्त मन्त्रालयमा प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। यद्यपी मन्त्रिपरिषद विस्तारका विषयमा अहिलेसम्मा राष्ट्रपति कार्यालयमा कुनै जानकारी नआएको शितल निवासले जनाएको छ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *