प्रचण्डलाई 'धाेका दिएर' प्रभु साह बने मन्त्री
Sanchar_np
प्रकाशित: २०७७ पुष १० गते १७:४७
काठमाडौं। माधवकुमार नेपालको गृह जिल्ला रौतहटका नेता प्रभु साहले प्रचण्डलाई छोडेका छन्। प्रचण्डसँगै माधवकुमार नेपाल पनि नेकपा (प्रचण्ड–माधव) समूहको अध्यक्ष बनेपछि प्रभु साहले विरोध जनाएका थिए।
तर, उनी आश्चार्यजनक रुपमा ओली मन्त्रिपरिषदका् मन्त्री बनेपछि उनले प्रचण्डसँगको सम्बन्ध तोडेको स्पष्ट भएको छ। उनले मावधकुमार नेपालसँगको व्यक्तिगत टकरावका कारण प्रचण्डलाई छोडेको बुझिएको छ।
प्रचण्ड पक्षका नेतालाई मन्त्री दिएर प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षमा तान्न सफल भएका छन्। पूर्व माओवादीका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहलाई मन्त्री बनाइएको हो। राबहादुर थापा बादल र लेखाराज भट्ट यसअघि नै मन्त्री छन्।
प्रतिक्रिया