२०८० असोज १३ गते | 30th of September 2023

आज काठमाडौँमा यस वर्षकै बढी चिसो

आज काठमाडौँमा यस वर्षकै बढी चिसो
Sanchar_np प्रकाशित: २०७७ पुष ११ गते १२:४५

काठमाडाैं । उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो।
अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। “राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ”, उनले भनिन्भ। यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान रहेको छ।
विभागले सूचना जारी गर्दै चिसो रहरिहने तथा तराई/पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ।
विभागको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *