२०८० असोज ७ गते | 24th of September 2023

चिनियाँ उपमन्त्री आइतबार काठमाडौं आउँदै

चिनियाँ उपमन्त्री आइतबार काठमाडौं आउँदै
Sanchar_np प्रकाशित: २०७७ पुष ११ गते २०:०९

काठमाडौं। नेपालमा संसद् विघटन र सत्तारुढ दल नेकपा विभाजन भइ नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेका बेला उत्तरी छिमेकी चीनका उपमन्त्रीले नेपालको भ्रमण गर्न लागेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन्।
उपमन्त्री गुओसहितको टोली आइतबार काठमाडौं आउन लागेको हो।
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा उत्तरी छिमेकीले चासो बढाइरहेको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेकपाका नेताहरुसँग लगातार भेट गरिरहेकी छन्।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच गर्त वर्ष भाइचारा सम्बन्ध स्थापना भएको थियो। दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्ने लिखित सम्झौता नै भएको थियो।
त्यसपछि पटक पटक चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच प्रशिक्षण कार्यक्रमहरु भएका थिए। तर, अहिले नेकपा विभाजित हुँदा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागकै अधिकारीको हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। हालै चिनियाँ रक्षामन्त्रीले पनि नेपालको भ्रमण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *