२०८० असोज ७ गते | 24th of September 2023

मेडिकल कलेजबाहेकका सबै निजी अस्पताल कोभिड अस्पतालको सूचिबाट हटाइयाे

मेडिकल कलेजबाहेकका सबै निजी अस्पताल कोभिड अस्पतालको सूचिबाट हटाइयाे
Sanchar_np प्रकाशित: २०७७ पुष १२ गते १७:१४

काठमाडौं । सरकारले कोरोना महामारीको समयमा कोरोना संक्रमितको उपचार गर्न तोकीएका निजी कोभिड अस्पताललाई सूचिबाट हटाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मेडिकल कलेजबाहेकका सबै निजी अस्पताललाई अर्को व्यवस्था नभएसम्मका लागि कोभिड अस्पतालको सूचिबाट हटाइएको जानकारी दिए ।
गौतमले कुनैपनि बेला निजी अस्पतालको आवश्यकता रहने भएकाले तयारी अवस्थामा रहन अस्पतलाहरुलाई आग्रह पनि गरेका छन् ।
उनले कोभिड अस्पतालको रुपमा सूचिकृत रहेका निजी अस्पतालमा पुस १२ गतेसम्म भर्ना भएका कोरोना संक्रमितको उपचार गरेवापत्को रकम सोधभर्ना गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *