२०८० मंसिर १९ गते | 5th of December 2023

पुस १७ का लागि बोलाइयो राष्ट्रिय सभा अधिवेशन

पुस १७ का लागि बोलाइयो राष्ट्रिय सभा अधिवेशन
Sanchar_np प्रकाशित: २०७७ पुष १२ गते १७:२५

काठमाडौं। यही पस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन बोलाइएको छ। मन्त्रिपरिषद्को सिफारिशमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।
प्रतिनिधिसभा विघटन भइसकेकाले यो पटक राष्ट्रिय सभाकोमात्र अधिवेशन आह्वान गरिएको हो। नेकपाको आन्तरिक विवादलाई देखाउँदै प्रधानमन्त्री ओलीले प्रतनिधिसभा विघटन गरिदिएका थिए। अहिले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा मुद्दा चलिरहेको छ भने सडकमा विरोध प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *