२०८० असोज ५ गते | 22nd of September 2023

प्रचण्ड-माधव नेपाल समूहकाे राजधानीमा शक्ति प्रदर्शन (फाेटाेफिचर)

प्रचण्ड-माधव नेपाल समूहकाे राजधानीमा शक्ति प्रदर्शन (फाेटाेफिचर)
एस के शर्मा प्रकाशित: २०७७ पुष १४ गते १३:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विरुद्ध सोही पार्टीको अर्को समूह सडक आन्दोलनमा गएको छ। नेकपाको आन्तरिक विवादका कारण संसद विघटन भएपछि प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन सुरु गरेछन्।

उनीहरुले मंगलबार देशव्यपी आन्दोलनको घोषणा गरेका हुन। आज देशका सबै शहरहरुमा नेकपा प्रचण्ड–नेपाल पक्षले आन्दोलन गरिरहेको छ। काठमाडौंमा पनि विभिन्न ठाउँबाट निकालिएका ¥यालिहरु प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछन्। सभाका लागि प्रदर्शनी मार्गको सडकमा नै स्टेज बनाइएको छ। आज काठमाडौं उपत्यकाका सबै सडकहरुमा सवारी आवागमनमा समस्या भएको छ।

पार्टी भित्रको आन्तरिक कलहका कारण सरकार चलाउन समस्या भएको भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीको कदमका विरुद्ध सडक आन्दोलन सुरु गरेका छन्।

चिनियाँ टोली समेत आएर धेरै पटक मिलाएको नेकपा भने पछिल्लो समय अनौपचारिक फुटको मार्गमा अगाडी बढेको छ। नेकपालाई फुटबाट जोगाउन चिनियाँ टोली अहिले पनि काठमाडौं मै छ।




 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *