काठमाडौं । राष्ट्रिय सभाका १ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाबाट भरखरै फर्केका नेकपाका सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहिबार लिइएको स्वाब परीक्षणको नतिजामा ती सांसद सहित ५ जना राष्ट्रियसभाका कर्मचारीमा संक्रमण पुष्टि भएको संसद सचिवालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार कोरोना पुष्टि भए पनि शुक्रबार (आज) अपरान्ह ४ बजे शुरु हुने राष्ट्रियसभा बैठकलाई प्रभाव पर्ने छैन।
प्रतिक्रिया