चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणबारे चीनले के भन्यो ?
काठमाडौं। नेपालमा सत्तारुढ दल नेकपामा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक संकटका बीच उत्तरी छिमेकी चीनको एक प्रतिनिधिमण्डलले नेपालको तीन दिने भ्रमण गर्यो।
नेकपासँग भाइचारा सम्बन्ध रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ यैचो नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल नेकपाको विभाजन रोक्न आएको चर्चा छ। र चिनियाँ मिशन असफल भएको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।
उता चीनले यो भ्रमण आपसी हितका विषयमा छलफल गर्न र दुई देशबीचको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित रहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वान वेनबिंगले सीपीसीको एक प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको र सो क्रममा सत्तारुढ दलका नेताहरु तथा विपक्षी दलका नेताहरुसँग भेट भएको बताएको छ।
तर, नेपालमा रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत भेटेको थियो। तर, चिनियाँ प्रवक्ताले राष्ट्रपतिसँगको भेटबारे केही उल्लेख गरेका छैनन्।
उनले भेटका अवसरमा द्विपक्षी हित, बेल्ट एन्ड रोड कर्पोरेशन तथा साझा विषयमा कुरा भएको जनाएको छ। र नेपाली नेताहरुले सीपीसी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा बधाई दिएको बतँएका छन्।
A delegation of the International Department of the Central Committee of CPC recently visited Nepal and met with leaders of both the ruling party and the opposition in Nepal. They exchanged views on inter-party interactions, BRI cooperation and other issues of mutual concern.
— Spokesperson发言人办公室 (@MFA_China) December 31, 2020
प्रतिक्रिया