२०८० असोज ७ गते | 24th of September 2023

५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना, सक्रिय संक्रमित ५७११

५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना, सक्रिय संक्रमित ५७११
Sanchar_np प्रकाशित: २०७७ पुष १८ गते १७:३६

काठमाडौं। शनिबार नेपालमा ५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७५० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ।
यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *