लश्कर कमाण्डर उजी–उर–रहमान पक्राउ
बीबीसी। समाचार एजेन्सी रोयर्टसका अनुसार मुम्बईमा २६÷११ को आक्रमणको योजनाबार मानिन लश्कर–ए–तोयबाका कमाण्डर जकी–उर–रहमान लखवीलाई पाकिस्तानमा पक्राउ गरिएको छ।
पाकिस्तानको आतंकवाद विरोधी विभागले लखवीलाई आतंकवादका लागि आर्थिक सहयोग गरेको आरोपमा पक्राउ गरेको बीबीसीले जनाएको छ।
एफटीएफ बैठक बस्न केही हप्ता बाँकी रहेको अवस्थामा लखवी पक्राउ परेका हुन्। उक्त बैठकले पाकिस्तानलाई ग्रे लिस्टमा राख्ने किन नराख्ने भन्ने निर्णय गर्दैछ।
फाइनान्सियल एक्शन टास्क फोर्स ९एफएटीएफ० एक अन्तर्राष्ट्रिय निकाय हो जसको मुख्य उद्देश्य संसारभरि भइरहेको मनी लोन्ड्रिंगको सामना गर्न नीति निर्माण गर्नु हो।
पाकिस्तानको आतंवाद विरोधी विभागका प्रवक्ताले भने, ‘लखवीमाथि एउटा औषधालयबाट आतंकवादका लागि रकम संलकन गरेको आरोप छ। उनले उक्त औषधालयबाट रकम संलकन गरेर आतंकवादी कोष र व्यक्तिगत खर्चका लागि प्रयोग गरे।’
साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लखवीलाई प्रतिबन्धित आकंवादीको लिस्टमा समावेश गरेको छ। त्यही कारण विशेष अनुमति बेगर उनले कुनै पनि फण्डको प्रयोग गर्न सक्दैनन्।
प्रतिक्रिया