काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले लुम्बिनी र गण्डकी प्रदेशका इन्चार्ज शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको छ।
सोमबार माधव कुमार नेपालको अध्यक्षतामा बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमीटी बैठकले लुम्बिनी र गण्डकी प्रदेशका इन्चार्ज हटाउने निर्णय गरेको हो ।
पोखरेल र गुरुङको ठाउँमा स्थायी कमीटी सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । यस्तैगण्डकी प्रदेशको सह-इन्चार्जबाट खगराज अधिकारीलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया