काठमाडौंको वायु प्रदूषणमा सुधार
काठमाडौं । सोमबार मौसम धुम्मिएसँगै बढेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा सामान्यतर्फ फर्कन थालेको छ।
स्विट्जरल्याण्डको आइक्युएआइआरका अनुसार मंगलबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स सुधार आएर ६ मा झरेको छ । सोमबार साँझ उक्त इन्डेक्स ४८७ पुगेको थियो। मंगलबार बिहान ४३७ पुगेको थियो
सोमबार विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले १ नम्बरमा परेको काठमाडौं यो समाचार तयार पार्दासम्म ९६ औं स्थानमा पुगेको छ । सोमबार दोस्रो नम्बरमा रहेको किर्गिस्तानको बिस्केक अहिले पहिलो नम्बरमा रहेको छ। दोस्रो नम्बरमा अफगानिस्तानको काबुल रहेका छ, तेस्रोमा चीनको वुहान, चौथोमा बंगदेशको ढाका, पाँचौंमा भियतनाममको हनोइ र छैटौंमा भारतको मुम्बई रहेको छ ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।
केहीदिन अघि नेपालको पश्चिमी भूभाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा भएको थियो । जसले गर्दा आकाश खुलाउन सकेन। मंगलबार पनि बिहानैदेखि काठमाडौं उपत्यका धुम्म भएको थियो ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै वातावरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई घरबाट बाहिर ननिस्कन आह्वान गरिसकेका छन् ।
प्रतिक्रिया