२०८० मंसिर १८ गते | 4th of December 2023

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द
Sanchar_np प्रकाशित: २०७७ पुष २३ गते ७:५७

बीबीसी। अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गरेपछि अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिएको छ।
ट्वीटरले राष्ट्रपति ट्रम्पको एकाउन्ट १२ घण्टाका लागि बन्द गर्ने घोषणा गरेको हो। ट्वीटरले यो कारवाही उनको चुनाव सम्बन्धी ट्वीट्समाथि गरेको हो। डोनाल्ड ट्रम्पले ती तीनवटा ट्वीट नहटाएसम्म उनको ट्वीटर एकान्उट बन्द नै रहने बताइएको छ।
स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे ।
उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’
ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *