२०८० असोज ७ गते | 24th of September 2023

अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन : गौतम

अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन : गौतम
Sanchar_np प्रकाशित: २०७७ पुष २३ गते १३:५३

काठमाडौं। नेकपा उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताए। बिहीबार पहिलो पटक राष्ट्रियसभालाई सम्वोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजानु अघि आफूलाई कुनै पनि जानकारी नदिइएको बताएका हुन्।
तर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि राजीनामा दिनुपर्ने उनको भनाइ थियो।  ‘म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ,’ गौतमले भने, ‘त्यसैले मैल समर्थन गरिनँ। असंवैधानिक भनेँ। अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ।’
गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको बताए। आफू फेरि पनि एकता कायम गर्न लागिरहेको र त्यसका लागि संगठनको संरचना बनाएरै जाने बताए।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको पनि टिप्पणी गरे। आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे। उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ।’
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *