२०८० असोज १३ गते | 30th of September 2023

कमल थापाद्वारा प्रहरीले गरेको हस्तक्षेपको भत्सर्ना

कमल थापाद्वारा प्रहरीले गरेको हस्तक्षेपको भत्सर्ना
Sanchar_np प्रकाशित: २०७७ पुष २७ गते १६:०९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले काठमाडौंमा  पृथ्वीजयन्तीको अवसरमा राप्रपाले निकालेको र्यालीका कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेपको भत्सर्ना गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले शान्तिपुर्णरूपले काठमाडौंमा गरिएको जुलुस कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेपको निन्दा र भत्सर्ना गरेका हुन्।
उनले प्रहरीको प्रहरी लाठिचार्जमा घाइते भएकाहरुको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन्। उनले लेखेका छन् “पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा प्रहरी हस्तक्षेपको भत्सर्ना गर्दछु। शान्तिपुर्णरूपले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न गएको प्रहरी लाठिचार्जमा घाईते भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”


पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको थियो।
बाजागाजासहित र्यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि र्यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगायका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *